स्पेनिस ला लिगामा क्याडिज र बार्सिलोनाकाे १–१ गोल

लन्डन – बार्सिलोना स्पेनिस ला लिगामा क्याडिजसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना क्याडिजबिरुद्ध आफ्नै घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लियोनल मेसीको गोलको मद्दतमा बासिलोनाले अग्रता बनाएको थियो ।

अधिकांश समय बल आफ्नो पकडमा राखेको बासिलोनाले अन्तिम समयमा धैर्य राख्न नसक्दा क्याडिजविरुद्धको खेलमा अंक बाँड्न बाध्य भएको हो ।खेलको ३२औं मिनटमा मेसीले गरेको पेनाल्टी गोलमा बार्सिलोनाले खेलमा अग्रता कायम गरेको थियो ।

तर, खेल सकिन एक मिनेट मात्र बाँकि रहँदा क्याडिजले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीको अवसरलाई एलेक्स फर्नान्डेजले गोलमा परिणत गर्दा बार्सिलोनाले खेलमा स्पष्ट तीन अंक जोड्ने मौका खेर फालेको थियो । बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ । यता, क्याडिजको भने २४ खेलमा २५ अंक जोडेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *