

बालेनको उदाहरणीय घोषणा, ‘राष्ट्रियसभा गृहमा पीएल सिंहको शालिक बनाइने’

काठमाडौं – राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालिक बन्ने भएको छ ।
जसका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाका संस्थापक मेयर पीएल सिंहको शालीक बनाउने आज घोषणा गरेका छन् ।
महानगरपालिकाको जारी १६ औं अधिवेशनमा प्रमुख शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।
सिंहको गत १ पुसमा निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो महानगर प्रमुखका रुपमा सिंह निर्वाचित भएका नेता हुन् ।