

पाकिस्तानलाई हराएको नेपाल आज भारतसँग भिड्दै

काठमाडौं । नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
टेस्ट मान्यता प्रापत पाकिस्तानलाई हराएर नेपालले सुपर ४ मा स्थान बनाएको भोलीपल्ट भारतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।
समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु १९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको थियो ।
अब आज नेपालले समूह बी कै खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले सुपर ४ मा समूह ए को शीर्ष २ टोलीसँग खेल्नेछ ।
सुपर ४ को खेल विहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।