

भालाडोलिमाथि १-० गोल, रियल विजयी

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले जित हात पारेको छ । शनिवार राति भएको खेलमा रियलले रियल भालाडोलिमाथि १-० गोलको जित हात पारेको हो ।
भालाडोलिडको मैदानमा रियललाई जित दिलाउन क्यासिमिरोले निर्णायक गोल गरे । भालाडोलिड र रियलबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ६५ औं मिनेटमा क्यासिमिरोले गोल गरेका थिए । यस जितसँगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी कम गर्न सफल भएको छ ।
रियलले २४ खेलमा ५२ अंक जोडेको छ । रियल लिगको दोस्रो स्थानमा रहेको छ । एट्लेटिको ५५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
भालाडोलिड २१ अंक जोडेर १९औं स्थानमा छ । एजेन्सी