

सोमपाल चम्किएसँगै सुपरओभरमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौं । अमेरिकाविरुद्धको दोस्रो टी–२० मा नेपालले सुपरओभरमा जित हात पारेको छ ।
सुपर ओभरमा नेपालले पहिले बलिङ गरेको थियो । नेपालका सोमपाल कामीको उत्कृष्ट बलिङले अमेरिका सुपर ओभरमा २ रनमा रोकिएको थियो । सोमपालले खेलको तेस्रो र चौथो बलमा विकेट लिएपछि अमेरिकाले नेपाललाई ३ रनको लक्ष्य दिएको थियो ।
उक्त रनको लक्ष्य नेपालले ४ बलमा पूरा गरेको थियो ।
नेपालका लागि सुपर ओभरमा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले ब्याटिङ गरेका थिए ।
नेपालले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले २० ओभरमा १७० रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
त्यसअघि नेपालका कुशल भुर्तेलको नटआउट ९२ रनको मद्दतले नेपालले १७० रन बनाएको थियो ।