अन्ततः सन्दीपले पाए अमेरिकाको भिषा, आजै अमेरिका उड्ने

काठमाडौं । अमेरिकी दूताबासले क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार (आजै) नै अमेरिका प्रस्थान गर्ने भएका छन् ।

नेपालले अमेरिकाबीच तीन खेलको टी—२० शृंखलाको पहिलो खेल आज भएको थियो । सो खेलमा नेपालले जित हात पारेको छ ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी–२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलेर स्वदेश फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *