

टी-२० क्रिकेटः अमेरिकाविरूद्ध ब्याटिङमा नेपाल, ४ विकेटको क्षतिमा १२१ बनाएर खेल्दै

काठमाडौं । अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६ ओभरमा १२१ रन बनाउँदा चार विकेट गुमाएको हो ।
नेपालका गुल्सन झा ११ रनमा आउट भए । अहिले नेपालका तर्फबाट कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी ब्याटिङमा छन् ।
नेपालका लागि अनिल शाह र आशिफ शेखले २७/२७ रन बनाएर आउट भए भने कुशल भुर्तेल १० रनमा आउट भएका थिए ।
दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ।
यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग-टूका खेल हुनेछन्।
लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ। रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी–ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो।