

रामेछापकाे मच्छेडाँडीमा बस दुर्घटना, ९ जना घाइते

रामेछाप – शुक्रबार बिहान मन्थली नगरपालिका मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछापको सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा५ख २८५७ नम्बरको बस दुर्घटना भएको हो ।
घाइते सबैको उद्धार गरी तामाकोशी अस्पतालमा उपचार भइरहेको रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पाण्डेले बताए ।