नवनियुक्त इन्स्पेक्टरले पाए दर्ज्यानी चिन्ह



काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा नाम निकालेकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना इन्स्पेक्टरहरुले दर्ज्यानी चिन्ह पाएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र  खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । जसमा ९ जना महिला रहेका   छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

उक्त नतिजाअनुसार ९६ जना उत्तीर्ण भएकामा पहिलो नम्बरमा नेपाल प्रहरीमै कार्यरत प्रहरी सहायक निरीक्षक (असईं) दामोदर न्यौपानेले एक नम्बरमा नाम निकालेका थिए ।

May be an image of 6 people and text