

सैनिक जवान रायमाझीको गयो भिरबाट लडेर ज्यान

रामेछाप । घर बिदामा आएका नेपाली सेनाका सैनिकको भिरबाट लडेर मृत्यु भएको छ ।
विकास निर्माण गण धनकुटामा कार्यरत रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवाका सैनिक जवान नरेन्द्र रायामाझीको बाख्रा चराउन जाने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
३२ बर्षिय रायमाझीको मझुवाको चुल्ठेपानी भिरबाट करिब ३ सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु जनाइएको छ ।
घर बिदामा आएका बेला बाख्रा चराउन गएका रायमाझीको करिब ५ बजेतिर भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले बताए ।
मृतक रायमाझीको शवलाई मन्थलीमा पोष्टमार्टम गरि परिवारलाई बुझाइने जनाइएको छ ।