

बंगलादेशविरूद्ध नेपाली बलर हाबी, १० ओभरमा ५ सफलता

काठमाडौं । नेपालले बंगलादेशविरुद्ध पाँचौ सफलता पाएको छ ।
विश्वकपको सुपर ८ मा बाहिरिसकेको नेपालले बलियो प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध शानदार सुरूवात गरेको छ ।
नेपालले टस जितेर पहिले बलिङ गर्दा अहिलेसम्म बंगलादेशले १० ओभरमा ५ विकेट गुमाएर ५७ रन बनाएर खेलिरहेको छ ।
नेपालका लागि सोमपाल कामीले २ विकेट लिएका छन् भने कप्तान रोहित पौडेल र दीपेन्द्र सिं ऐरीले १/१ विकेट लिएका छन् ।