

निगमले बढायो ग्याससहित पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले आज (बुधबार) राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।
निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।