

आरिफको ९३ रनका साथ नेपालले बनायो २१३ रन

काठमाडौं । आरिफ सेखको उत्कृष्ट ब्याटिङका साथ आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपाल ‘ए’ २१३रन बनाउँदै २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जारी टी–२० सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि आरिफ शेखले ९३ रन बनाएका हुन् । आरिफले ४८ बलमा उक्त रन बनाएका थिए । उनले ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।
त्यस्तै नेपालका लागि रसिद खानले २४ रन बनाए भने बसिर अहमदले १९ रन बनाएका थिए ।
त्यस्तै नेपालका कमल सिंह एरीले १९ रन बनाएका थिए । अब केही बेरमा आयरल्याण्डले ब्याटिङ सुरु गर्नेछ ।