

ट्याक्सी चालकलाई कुटपिट गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौँको कपनमा ट्याक्सी चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रशान्तजङ्ग कार्की र बुढानीलकण्ठ नगरपालिका–२ बस्ने ३४ वर्षीय राजु गुरुङ छन् ।
उनीहरुले चैत १३ मा कपन दुर्गा मन्दिर नजिक बा.२ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई लुटपाट गरेका हुन् ।
ट्याक्सी चालकसँग भएको मोबाइल, नगद १८ हजार र ब्लूबुक र ल्यापटप उनीहरुले लुटेर भागको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आरोपीहरूलाई बसुन्धाराबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।