

प्रहरी सहायक हवल्दार नै हत्या अभियोगमा पक्राउ

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
चौधरी र भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दार समेत हुन् । राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए ।