लहान मेयरको उदाहरणीय कार्य, एकैदिन ७७६ भूमिहिनलाई निस्सा प्रदान

सिराहा । चौबिसै घन्टा जनताको सेवाका लागि खटिइरहेका लहान नगरपालिकाका मेयर महेश चौधरीको पहलमा लहानका सयौं भूमिहिन दलितहरुले जग्गाको निस्सा प्राप्त गरेका छन् ।

निस्सा वितरण कार्यक्रममा बोल्दै मेयर चौधरीले लहानका गरिब तथा दीन दुःखीहरुले अबको केही महिनाभित्र लालपूर्जा पाउने जानकारी गराउँदै नाप नक्साको निस्सा प्रदन गरेका थिए ।

नगरपालिकाका मेयर चौधरीले लहान नगरपालिका १५ का ७७६ घरपरिवार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा प्राप्तिका लागि नाप नक्साको निस्सा वितरण गरेका छन् ।

मेयर महेश चौधरीको प्रमुख आतिथ्यमा भएका निस्सा वितरण कार्यक्रममा उपमेयर रामचलितर महतो, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख, नापी कार्यालय प्रमुख, मालपोत कार्यालय प्रमुख, वडा अध्यक्ष बद्री नारायण चौधरी, रमेश गौतम, तेजनारायण चौधरीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *