वनडे थ्रीडी आर्ट रेष्टुरेन्टमा टिकटक बनाउने अफर !

ललितपुर । वन डे थ्रीडी आर्ट रेष्टुरेन्टले टिकटक अफर ल्याएको छ । नेपालमै पहिलोपटक थ्रीडी आर्टको संयोजन गरी ललितपुरको कुमारीपाटीमा सञ्चालमा ल्याइएको रेष्टुरेन्टले रेष्टुरेन्टमा आएर टिकटक गर्ने उपभोक्तालाई विभिन्न उपहार दिने घोषणासहित ‘वन डे टिकटक अफर’ सञ्चालनमा ल्याएको हो ।

उक्त अफरमा सहभागी हुनका लागि रेष्टुरेन्टमै उपस्थित भएर रेष्टुरेन्टकै ब्याकग्राउन्डमा टिकटक बनाएर फेसबुक म्यासेन्जरमा पठाउनुपर्ने हुन्छ, त्यसपछि रेष्टुरेन्टको आधिकारिक फेसबुकमा राखिनेछ, त्यसपछि जुन टिकटकमा धेरै लाईक आउँछ, त्यस टिकटक भिडियोलाई पुरस्कृत गरिने रेष्टुरेन्टका प्रबन्ध निर्देशक सुन्दर विष्टले जनाए ।

प्रत्येक महिनाको अन्तिम दिन विजेताको घोषणा गरिने उक्त योजना सहभागी हुनका लागि एक सहभागीले महिनामा एउटामात्र टिकटक भिडियो पठाउनुपर्नेछ । प्रत्येक महिना ३ जना सहभागीलाई पुरस्कृत गरिने उक्त योजनाका विजेतालाई आकर्षक गिफ्ट ह्याम्परसहितका पुरस्कार प्रदान गरिने विष्टले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *