

सशस्त्र, प्रहरी र सेनाका उद्धारकर्मीले गरे नुतनको साढे २ घन्टापछि उद्धार

काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ ।
महालक्ष्मी नगरपालिका- ३ खण्डा गार्मेन्टनजिकै नवीन टोलमा २८ वर्षीया नुतन प्रधानको झण्डै साढे २ घण्टापछि उद्धार गरिएको हो ।
सोमबार बिहान कपडा सुकाउने क्रममा स्ल्याब पल्टिएर उनी इनारमा खसेकी थिइन् ।
सशस्त्र प्रहरी बल २१ नम्बर दक्षिणकाली गणको विपत् व्यवस्थापन टोलीले उनको सकुशल उद्धार गरेको प्रहरीले बताएको छ ।
उक्त उद्धार कार्यमा नेपाली सेना र नेपाल प्रहरीका उद्धारकर्मी पनि सहभागी थिए ।