

हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था श्रीजयन्ती ट्रेड सेन्टरमा

काठमाडौं । हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रधान कार्यालय श्रीजयन्ती ट्रेड सेन्टरमा सरेको छ । यसअघि न्यूरोडस्थित पशुपति प्लाजामा रहेको संस्थाको उक्त कार्यालय श्रीजयन्ती ट्रेड टावरको चौथो तलामा सरेको जानकारी संस्थाले दिएको छ ।
उपत्यकाको बौद्ध र कालिमाटीमा सेवा कार्यालय रहेको उक्त संस्थाले हालैमात्र आफ्नो १० औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो ।
साधारणसभाले नयाँ सञ्चालक समितिसँगै विभिन्न उपसमिति र लेखासमितिको चयन गरेको थियो । संस्थाको नवनिर्वाचित सञ्चालक अध्यक्षमा ओहब हली निर्वाचित भएका थिए भने उपाध्यक्षमा विकास गोयन्का, सचिवमा मुकेश रौनियार र कोषाध्यक्षमा अस्मि भट्टराई निर्वाचित भएका थिए ।

त्यस्तै सञ्चालक समिति सदस्यहरुमा प्रभा पन्त, रोशन मानन्धर, नरेश महर्जन निर्वाचित भएका थिए । त्यस्तै साधारणसभाले ऋण समितिका लागि सुशील कार्कीको संयोजकत्वमा रामचन्द्र खड्का र पुरुषोत्तम नेपाललाई चयन गरेको थियो भने लेखा समितिमा मनोजकुमार पौडेलको संयोजकत्वमा रविन्द्र श्रेष्ठ र अस्मि भट्टराई निर्वाचित भएका थिए ।