

आईएमएस ग्रुप र सनराइज बैंकबीच सम्झौता

काठमाडौं – सनराइज बैंक लिमिटेड र आईएमएस ग्रुप प्रा.लि बीच मोबाइल फोनको खरिदमा शुन्य प्रतिशत (0%) ई.एम.आई (EMI) मा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा सनराइज बैंकका तर्फबाट रेमिट्यान्स र मिडिया रिलेसन्स प्रमुख रबिन्द्र ढकाल र आईएमएसका तर्फबाट सेल्स एण्ड अपरेशन म्यानेजर नारायण भुसालले हस्ताक्षर गरे ।

यस अन्तर्गत सनराइज बैंकका ग्राहकहरुले सामसङ मोबाइलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरिदमा सनराइज बैंकको सरल किस्ता योजनाअन्तर्गत ६ र १२ महिनासम्मको सरल किस्तामा समानहरु खरिद गर्न सक्ने छन्।