

आफ्नै बाबुमाथि खुकुरी प्रहार गर्ने पञ्चबहादुरलाई पक्रन खोज्दा प्रहरीमाथि खुकुरी प्रहार, एक जवानसहित ३ जना घाइते

दोलखा । दोलखामा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा दोलखाको शैलुङ गाउँपालिकामा खुकुरी प्रहारबाट रामबहादुर तामाङ, जेनिशा तामाङ र प्रहरी जवान भुप श्रेष्ठ छन्।
घरायसी विवाद हुँदा पञ्चबहादुरले आफ्नै बुवा रामबहादुर र दाइकी बुहारी जेनिशालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
साँझ बुबा रामबहादुरलाई खुकुरी प्रहार गरेको र उनलाई बचाउन गएकी बुहारी जेनिशालाई पनि खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट रामबहादुरको टाउको र कानमा गम्भीर चोट लागेको छ ।
खुकरी प्रहार गर्ने पञ्चबहादुरलाई नियन्त्रणमा लिने क्रममा उनीहरुलाई हानेको खुकुरीको झटारो लागेर प्रहरी जवान श्रेष्ठ सामान्य घाइते भएका छन् ।
खुकुरी प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।