

बझाङबाट रवि लामिछाने भन्छन्, ‘प्रधानमन्त्रीज्यू ! हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन्’

काठमाडौं – सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बझाङ भ्रमणले प्रभावित जनतालाई निराश नबनाउन आग्रह गरेका छन् ।
भूकम्प गएपछि बझाङमै पुगेका सांसद लामिछानेले प्रधानमन्त्री प्रचण्डको बझाङ निरीक्षण अघि सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै हेलिकोप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् भनेका छन् । उनले अगाडि लेखेका छन्, प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला। प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु। हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको साथमा छौं।’
उनी लेख्छन्,
प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनें। यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ। सबैका लागि प्रयाप्त त्रिपाल पनि छैन। चिसो बढ्दो छ, ओढ्ने(ओछ्याउने आवश्यक छ। बच्चा र जेष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ। स्वास्थ्य चौकीहरु र शिक्षालयहरुलाई प्राथमिकतामा राखी तत्काल बैकल्पिक उपाय सहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् ।
प्रभावितलाई अब क्रमशस् अरु समस्याले पिरोल्ने छ। घर भत्किएका र चर्किएकालाई विस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ। प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला। प्रभावितलाई निरास नबनाउनुहुन आग्रह गर्दछु। हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको साथमा छौं।