फर्च्यून रेष्ट्रोः चिटिक्क बसाई र स्वादिष्ट खानाको संगम



फर्च्यून – आफैंमा उत्कृष्ट शब्द । त्यसै शब्दसँगै जोडिएर ल्याइएको डिल्लीबजारमा रहेको रेष्टुरेन्ट– फर्च्यून रेष्ट्रो एण्ड क्याफे ।

पुतलीसडक, डिल्लीबजार भन्नेबित्तिकै उपत्यकाकै व्यस्त अनि मस्त शैक्षिक परामर्श दाताहरुको केन्द्रस्थल । पछिल्लो समयमा  युवायुवतीको प्रमुख आकर्षणको केन्द्र बनेको वैदेशिक शिक्षाका लागि प्रमुख हब बनेको पुतलीसडक नजिकै डिल्लीबजार रोडमा खुलेको छ, फर्च्यून रेष्ट्रो एण्ड क्याफे ।

विशेषगरी मध्यमस्तरका ग्राहकलाई लक्षित गर्दै खोलिएको यस रेष्टुरेन्टले पछिल्ला दिनमा विद्यार्थी एवं कर्मचारीहरुको पनि मन जित्दै जान थालेको छ । व्यस्त सहरको सडकसँगै शान्त वातावरणमा स्वादिष्ट खानाका साथ सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेन्ट विशेषगरी फास्टफुड खाजाका निम्ति युवायुवतीको आकर्षणको केन्द्र बनेको छ ।

कलेज र ट्युसन सेन्टरहरु रहेको यस क्षेत्रका कार्यालयका कर्मचारीहरुको पहिलो रोजाईमा पार्न थालेको रेष्टुरेन्टमा एकपटकमा ३० जनाभन्दा बढीलाई सेवा दिन सकिने जनाइएको छ ।

No description available.

व्यस्त सडकमै जोडिएको भएता पनि प्राकृतिक खुल्ला आकाशमुनी बसेर हाइजेनिक खानाको स्वाद लिन सकिने उक्त रेष्टुरेन्टमा प्याकिङका साथै अर्डरअनुसारको खानाको पनि व्यवस्था रहेको छ । खुल्ला आकाशमुनीको स्थानलाई रंगीचंगी छाताले छोपिएको रेष्टुरेन्ट परिसर फोटोशेसनकै लागि पनि उत्कृष्ट गन्तव्य बन्ने देखिन्छ । सानो ठाउँलाई चिटिक्क पारेर सिंगारिएको उक्त रेष्टुरेन्टमा जाने जो कोही पनि शान्त र रमणीयसँग मज्जाले पेट भर्न सक्ने सजावटका साथ सञ्चालनमा ल्याइएको छ ।

No description available.

ग्राहकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएकोमा उक्त रेष्टुरेन्टमा पछिल्लो समयको महामारी कोरोना संक्रमणबाट बच्नका लागि प्रत्येक ग्राहक बसिसकेपछिको टेबुल स्यानिटाइज गर्ने व्यवस्था मिलाइएको छ ।

No description available.

राजधानीकै व्यस्त डिल्लीबजारबाट पुतलीसडकतर्फ जाँदा बाटुलेघरभन्दा ४/५ वटा घर अगाडि सोही साइडमा रहेको उक्त रेष्टुरेन्टमा जाँदा सवारी भने आफ्नै पायक पर्ने स्थानमा पार्किङ गरेर जाँदा उपयुक्त हुने देखिन्छ ।