प्रधानसेनापति शर्माले लगाइदिए बढुवा भएका उपरथी र महासेनानीलाई दर्ज्यानी चिह्न



काठमाडाैं । नेपाली सेनामा हालै बढुवा भएका एक उपरथी र तीन महासेनानीले दर्ज्यानी चिह्न लगाएका छन्। दर्ज्यानी चिह्न प्राप्त गर्नेमा उपरथी सुदर्शन सिल्वाल र अन्य तीन जना महासेनानी छन्।

सैनिक मुख्यालय, जंगी अड्डामा आयोजित एक समारोहबीच प्रधानसेनापति प्रभुराम शर्माले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। उनीहरूलाई मन्त्रिपरिषदको चैत २४ गतेको बैठकले बढुवा गरेको थियो।

बढुवा भएका उपरथी सिल्वाल सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन्।

उक्त कार्यक्रममा रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।