

नवलपुरको सर्दीमा भेटियो शंकास्पद वस्तु, एचई बम भएको प्रारम्भिक जानकारी

नवलपुर । बर्दघाट सुस्ता पूर्व नवलपुरको दुम्कीबासमा शंकास्पद वस्तु फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको सर्दीको एक खेतमा भेटिएको उक्त वस्तु बम भएको अनुमान गरिए पनि पुष्टी भने भइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरको एक टोली घटनास्थलतर्फ जाँदै गरेको जनाइएको छ ।
स्थानीय एक भारतीय गोर्खा सैनिकले उक्त वस्तु सोलार बम हुनसक्ने बताए । यो ८१ मिमि मोटरको एचई बम भएको र लडाइँको समयमा धेरै ठाउँ प्रयोग हुने गरेको जनाइए पनि थप पुष्टी भने भइसकेकाे छैन ।