नेपाली सेनाको ट्रक दुर्घटना, ३ जना घाइते

चितवन । नारायणयढ–मुग्लिन सडकखण्डमा नेपाली सेनाको ट्रक पल्टिएको छ।

बाराबाट काठमाडौंका लागि हिँडेको भैरवनाथ गण काठमाडौंको लु.१ग १०९ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा सोही ट्रकमा सवार १४ जनामध्ये तीजना घाइते भएका छन्।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ट्रक पल्टिएको हो।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार ट्रक चालक नेपाली सेनाको अमल्दार कृष्ण प्याकुरेल, जम्दार उत्तम कार्की र अमल्दार केआई सिंह घाइते छन्।

उनीहरूलाई  उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ। दुर्घटनाका कारण उक्त स्थानमा एकतर्फ मात्र यातायात सञ्चालनमा छन्। अहिले प्रहरीले दुर्घटनाग्रस्त ट्रक सडकबाट हटाउने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *