नागरिक लगानी कोष बन्यो लिखु हाइड्रोको प्रत्याभूतिकर्ता



काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिएको छ ।

लिखु खोला हाइड्रोपावरले ल्याउन लागेको शेयर निष्काशनका लागि नागरिक लगानी कोष र हाइड्रोबीच सम्झौता भएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले हस्ताक्षर गरेका छन् ।

लिखु खोला हाइड्रोपावरको जारी पूँजी ३,१२,५०,००,०००।– (तीन अर्ब बाह्र करोड पचास लाख) पुँजी मध्ये बीस प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२,५०,००० कित्ता शेयर प्रति कित्ता रु.१००।- अंकित दरले शेयरको मूल्य रु. ६२,५०,००,००० ।- (अक्षेरेपी बैसठ्ठी करोड पचास लाख मात्र) को शेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको जनाइएको छ ।

शेयर प्रत्याभुती कार्य गर्ने सम्बन्धमा रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारुी गराएको छ ।