

घनश्याम भुषालले चलाएको सवारी दुर्घटना, भुषाल अस्पताल भर्ना

काठमाडौं । नेकपा एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।
भुसालले चलाएको गाडी शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको थियो ।
उनी दुर्घटनालगत्तै केहीबेर बेहोस भए पनि अहिले उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । उनलाई अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।