

नेपाली सेना ‘फोटो प्रतियोगिता २०७९ सुरु, प्रथम हुनेलाई ५० हजार पुरस्कार

काठमाडौं – नेपाली सेना फोटो प्रतियोगिता २०७९ सुरु भएको छ । फोटो प्रतियोगिताको म्याद मंसिर १४ गतेसम्म मात्र रहेको नेपाली सेनाको सुचनामा उल्लेख गरिएको छ ।
सेनाका विभिन्न गतिविधिलाई फोटोको माध्यमबाट अभिलेख राख्ने र आवश्यक परेमा उपयोग गर्न सहज बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । उक्त प्रतियोगितामा प्रशिक्षण, खेल, समारोह, परिचालन गतिविधि, नागरीक सैन्य सहयोग र अन्य गरी वर्गीकरण गरीएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३५ हजार र तेश्रो हुनेलाई २५ हजारका दरले पुरस्कार वितरण गरीने नेपाली सेनाले जनाएको छ । गैह्र सैनिकलाई समेत सहभागी गराइने जन सम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।