‘ह्यान्ड अफ गड’ अर्थात् महान् फुटबलर म्याराडोनाको निधन



काठमाडौं । विश्वकै महान् एवं चर्चित अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको हृदयाघातका कारण निधन भएको छ ।

६० वर्ष उमेर पुगेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको अपरेसन गरिएको थियो । त्यसपछि स्वास्थ्य लाभ गरिरहेको अवस्थामा रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । तर, उनलाई बुधबार एक्कासी हृदयाघात भएको र सोही कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Maradona, after three days of partying: "I was abducted by aliens"

अर्जेन्टिनाका लागि सन् १९८६ मा विश्वकप जिताएका उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका थिए । बेला बेलामा विवादमा आईरहने म्याराडोनाले विश्वकपमा गरेको गोल अहिलेसम्मकै सर्वाधिक महत्वपूर्ण र विवादित गोल मानिँदै आएको छ ।

Maradona offers to coach Argentina | Daily Tribune

विश्वकपमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट गोल गरेका म्याराडोनाले हातले गोल गरेको भनिँदै आएको छ । र उनले सो गोल आप्mनो हातले नभई भगवान्को हात भएको दाबी गर्ने गर्दथे । म्याराडोनाले त्यसलाई ह्यान्ड अफ गड भनेर पनि चिनिन्छ ।

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। त्यति बेला उनी ३७ वर्षका थिए।

सन् २००८ मा अर्जेन्टिनाका प्रशिक्षक भएका उनले लामो समय टिमको नेतृत्व भने गरेनन् ।