सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं ।  राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आदेश दिएको हो।

शुक्रबार दुबै पक्षको थुनछेक बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन्।

सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए।

उनलाई धरौटीमा छाड्नका लागि दलील पेस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *