

एक साता सार्वजनिक बिदा, किन हुँदैछ ७ दिन सम्म सरकारी कार्यालय बन्द ?

काठमाडौं । तपाईं सरकारी कार्यालय वा सार्वजनिक संस्थानमा कार्यरत हुनुहुन्छ रु यदि त्यसो हो भने एक सातासम्मका लागि कार्यालयबाट बिदा पाउनु भयो ।
सम्भवतः धेरै समयपछि सरकारी कार्यालय बन्द रहेको यो पहिलो पटक हो । तिहार र छठ पर्वका कारण एक सातासम्म लगातार सरकारी कार्यालय बिदा परेको पहिलो पटक नै हो ।
नेपालमा दशैंमा पनि लगातार ५ दिनमात्र बिदा पर्नेमा यसपटक विभिन्न शनिबार र छठ पर्व पनि परेकाले ७ दिन बिदा परेको हो ।
आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ ।
सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । त्यसको भोलिपल्ट अर्थात् ११ कात्तिकमा शनिबार रहेकाले सार्वजनिक छ ।
१३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइत बिहान ११ः३७ बजे रहेको छ ।