काभ्रेको बेथानचोकमा पहिरो, एकै परिवारका तीनको मृत्यु



बनेपा । काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्षन गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।

पहिरो बिहीबार बिहान खसेको थियो ।