नेता प्रदिप गिरीको शोकमा लहान नगरपालिकामा शोक बिदा, सुनसान घर



लहान — नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदिप गिरिको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ ।

लहान नगर प्रमुख महेश चौधरीले नेता गिरिको निधनमा नगरपालिकाले आइतवार शोक बिदा दिएको बताए ।

लहान–१० निवासी गिरिको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिवार राति साढे ९ बजे निधन भएको थियो । उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । उनको घर सुनसान देखिएको छ ।

समाजवादी चिन्तक गिरि गत विक्रम संवत् २०७४ सालको निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।