साफ यू-२०ः ८-० ले भारतसँग हार्यो नेपाल



भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप फुटबलको खेलमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा भारत नेपालविरूद्ध ८–० ले विजयी भएको हो ।

पहिलो हाफमा २-० ले पछाडि परेको नेपालले बाँकी ६ गोल दोस्रो हाफमा खाएको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।

टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरे ।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।