राजनीतिमा ‘मृतक परिवारवाद’ पनि घुसाउन सफल मुख्यमन्त्री नेपाली



कृष्णचन्द्र नेपाली कुनै बेला सादगी नेता मानिन्थे । १९ वर्षसम्म नटुक्रिएको नवलपरासी कांग्रेसको नेतृत्व गर्न सफल नेपाली जीवनको उत्तराद्र्धमा चिठ्ठा परेको मुख्यमन्त्रीका पदसम्हालेसँगै पटकपटक अलोकप्रिय निर्णय गराउन खप्पिस भएका छन् । नवलपरासी कांग्रेस नेतृत्वमा सादगी मानिएका नेपालीले गण्डकी प्रदेशको नेतृत्व गरेसँगै लोभ–लालच र स्वार्थ अभिप्रेरितबाहेक अन्य काम गर्न सकेका छैनन् ।

मुख्यमन्त्री पदलाई नै ‘अन्तिम’ रुप मानेका नेपालीले एकपछि अर्को अलोकप्रिय निर्णय गर्दै आइरहेका छन् ।

मुलुक चरम आर्थिक संकटको अवस्थामा रहेको बेला र प्राकृतिक विपत्तिका कारण लाखौंको ज्यान जोखिममा रहेका बेला मृत्यू भइसकेका पितृको नाउमा राज्यको सम्पत्तिको दोहन गर्ने अधिकार यिनीहरुलाई कसले दियो ? लाग्छ, यिनीहरुले गरेको कर्मलाई पितृहरुले स्वीकार्दैनन् पक्कै पनि, किनकी पितृ भनेका जहिले सही हुन्छन्, ‘पितृ’ हुने बेला भएकाहरु भन्दा ।

जनमोर्चा–२, जसपा–२ र स्वतन्त्र १ प्रदेश सभा सदस्यसँगको ‘सौदाबाजी’मा मुख्यमन्त्रीको कुर्सीमा बसेका पोखरेलले पहिलो निर्णयका रुपमा पूर्व मुख्यमन्त्रीको सुविधाको व्यवस्था गर्ने प्रस्ताव गरेका थिए । तत्कालिन समयमा व्यापक विरोध भएपछि ‘पेन्सन’को सपना देखेका मुख्यमन्त्री नेपाली केही हदसम्म पछि सरेको जस्तो देखिएको थियो । तर उनले मुख्यमन्त्रीको अवधिको उत्तरार्धमा आएर सो निर्णय गराएरै छाडे । पूर्वहरुको सम्मानका लागि भन्दै सुविधाको व्यवस्था गरिनु अब उनले आगामी दिनमा खुल्ला राजनीतिमा आउनसक्छु भन्ने हिम्मत नराखेको स्पष्ट हो ।

नेपालीले पछिल्लोपटकको गण्डकी प्रदेशको बजेटमा आफ्ना दिवंगत बुवाको नाममा ५० लाख रुपैयाँ छुट्याएर अर्को लोभ देखाए । लामोसमयदेखि राजनीति गरेर पहिलोपटक सत्ताको स्वाद चाख्न सफल पोखरेलले सुरुदेखि नै दोहन सुरु गरे । सरकारले आगामी निर्वाचनका लागि मिति घोषणासँगै आयु निर्धारण हुने मुख्यमन्त्री पोखरेलले छोटोसमयमा पाएको अवसरलाई राम्रैसँगै सदुपयोग गर्ने देखियो ।

मुख्यमन्त्रीको अवधिको उत्तरार्धमा आएर सो निर्णय गराएरै छाडे । पूर्वहरुको सम्मानका लागि भन्दै सुविधाको व्यवस्था गरिनु अब उनले आगामी दिनमा खुल्ला राजनीतिमा आउनसक्छु भन्ने हिम्मत नराखेको स्पष्ट हो ।

‘जो अगुवा उही बाटो …’ भन्ने उखानलाई चरितार्थ गर्दै पोखरेल नेतृत्वका अर्का मन्त्रीले पनि मौकाको फाइदा उठाए भलै उनले विवादमा आएपछि नलिने भन्ने सुनिएको छ । पछिल्लोसमय गण्डकी प्रदेशमा देखिएको उक्त घटनाले राजनीतिकर्मीहरुमाथि लाग्दै आएको नातावाद र परिवारवादको आरोपलाई थप बल पुर्याउँदै जिउँदो मात्र होइन मृतक परिवारवादमा पनि राजनीति अडिएको पुष्टी गरे, गण्डकीका मुख्यमन्त्री पोखरेलले ।

गण्डकी प्रदेशका कांग्रेस सभापति अर्जुन जोशी पनि पोखरेलकै कित्तामा देखिए भलै उनको भागमा भने २० लाख मात्रै पर्यो ।

मुलुक चरम आर्थिक संकटको अवस्थामा रहेको बेला र प्राकृतिक विपत्तिका कारण लाखौंको ज्यान जोखिममा रहेका बेला मृत्यू भइसकेका पितृको नाउमा राज्यको सम्पत्तिको दोहन गर्ने अधिकार यिनीहरुलाई कसले दियो ? लाग्छ, यिनीहरुले गरेको कर्मलाई पितृहरुले स्वीकार्दैनन् पक्कै पनि, किनकी पितृ भनेका जहिले सही हुन्छन्, ‘पितृ’ हुने बेला भएकाहरु भन्दा ।