नेपाली सेनाले गर्यो ३२५० मिटर उचाईको चौंरीगोठबाट तामाङको उद्धार



रसुवा — जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले आज (बुधबार) उद्धार गरेको छ । स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जिल्ला अस्पताल पु¥याएको हो ।

चन्दनबारी र प्राप्चेबीच उच्च भागमा रहेको चौरी गोठबाट नेपाली सेनाले उद्वार गरेको थियो । नेपाली सेनाले  जिल्ला अस्पताल पु¥याए पश्चात् चिकित्सकको सिफारिसमा अहिले बिरामीलाई ललितपुरको पाटन अस्पताल पु¥याइएको  चन्दनबारीका होटल व्यवसायी सुनाम घ्याल्मो तामाङले बताए।

समुद्र सतहदेखि तीन हजार २५० मिटरको उचाइबाट बिरामीको उद्धार भएको थियो । कुनाकाप्चामा छरिएर रहेका स्थानीय नागरिक बिरामी पर्दा नेपाली सेनाले छिटोछरितो उद्वार गरी मानव बचाउने कार्यमा गरेको योगदान अविस्मरणीय  रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले  जानकारी दिए ।