सशस्त्रका इन्स्पेक्टर साहलाई कारबाही गर्ने गृहको तयारी

काठमाडौं । करिब डेढमहिनादेखि बिना जानकारी कार्यालयमा अनुपस्थित सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजितकुमार साहलाई गृहमन्त्रालयले कारबाही गर्ने तयारी गरेको छ।

बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का साह वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गृहको तयारी छ।

कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र सफाइ पेश गर्न पनि गृहले साहलाई समय दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *