नेपाल लाइफको तिहार शुभकामना गीत सार्वजनिक (भिडियोसहित)



आहै हिमाल पहाड आहै तराईदेखि
आहै नेपाल लाइफको आहै.. झन्डा फहराई
आहै कर्मचारी, आहै अभिकर्ता
आहै एकजुट छौं है आहै सेवा दिन…

उत्कृष्ट शब्दका साथ नेपाल लाइफले तिहार सांगीतिक शुभकामना गीत सार्वजनिक गरेको छ ।
गीतकै माध्यमबाट जानकारीमूलक सूचनासमेत प्रस्तुत गरेको देशकै उत्कृष्ट बिमा कम्पनी नेपाल लाइफ कम्पनी लिमिडेटले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै गीत संगीतका माध्यमबाट तिहार सांगीतिक शुभकामना प्रस्तुत गरेको हो ।

बिमा कम्पनीहरुमा देशकै उत्कृष्ट बिमा कम्पनीको रुपमा स्थान बनाउन सफल नेपाल लाईफले प्रस्तुत गरेको यस सांगीतिक शुभकामनाले कोरोना महामारीका बेला दुःखी र चिन्तित बनेका नेपालीहरुलाई केही हदसम्म भए पनि मनोरञ्जन दिने अपेक्षा समेत गरिएको छ ।

शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ । तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् ।

यस शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।

गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ । त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउन गीतमा उद्घोष गरिएको छ ।

विगतका वर्षहरुमा बिमा कम्पनीहरुमा सबैभन्दा कर तिर उत्कृष्ट करदाताका रुपमा पुरस्कृत कम्पनीले सामाजिक उत्तरदायित्वस्वरुप विभिन्न गतिविधिहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।

भिडियोः