काठमाडौंमा सिंह र स्थापितबीच दोस्रोका लागि प्रतिस्पर्धा, बालेनलाई १७ हजारको अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख बढी मत गणना सकिएको छ।

अद्यावधिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार बढीमतले अग्रता लिइरहेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।

साहले ३८ हजार ३३३ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत २१ हजार २९९ रहेको छ भने स्थापित २१ हजार ८ मतले पछ्याइरहेका छन् ।