आईएमएस र बैंक अफ काठमाण्डूबीच सम्झौता

काठमाडौं । सामसुङको लागि नेपालको आधिकारिक विक्रेता आईएमएस र बैंक अफ काठमाण्डूबीच सम्झौता भएको छ । आउँदै गरेको चाडपर्वहरु दशैं, तिहार, नेपाल सम्वत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडको क्रेडिट कार्ड बाहक महानुभावहरुले शुन्य प्रतिशत ब्याजदरको सुबिधामा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याब्लेट्स्हरु सरल किस्ताबन्दीमा खरिद गर्न सकिनेछ ।

पर्वको बहार, बैंक अफ काठमाडौंको उपहार भन्ने मुलनाराको साथ ल्याएको यस सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहक महानुभावहरुले सजिलोसँग सामसुङ ब्राण्डका स्मार्टफोन, स्मार्ट वाच तथा ट्याब्लेट्सहरु बंैकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न सक्नेछन् ।

बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा.लि.बीच बैंक क्रेडिट कार्डबाहक महानुभावहरुलाई सामसुङको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याब्लेट्सहरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतापत्रमा आईएमएसका तर्फबाट नारायण भुषाल र बैंक अफ काठमाण्डूका तर्फबाट अमर राजभण्डारीले हस्ताक्षर गरेका थिए ।

यस योजनाको लागि ग्राहक महानुभावहरुले बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाइनको माध्यमबाट पनि आवेदन दिन सक्नुहुनेछ । यस सरल किस्ताबन्दी योजनामा ग्राहक महानुभावहरुले शुन्य प्रतिशत ब्याजदरकोे सुबिधा, बिओके क्रेडिट कार्ड जारी गर्दा कुनै शुल्क नलाग्ने, कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने आदि जस्ता सुबिधाहरु पाउनुहुनेछ ।

नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि.काठमाण्डौंमा ६ स्थान सहित पोखरा, बुटवल तथा धनगढीमा गरी नेपालभर ९ वटा आधिकारिक शोरुमहरु रहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *