बङ्गलादेश र अस्ट्रेलियाबीचको टी-ट्वान्टी श्रृङ्खला आजदेखि सुरु



काठमाडाैं – बङ्गलादेश र अस्ट्रेलियाबीचको पाँच खेलको टी–ट्वान्टी श्रृङ्खला आजदेखि सुरु हुँदैछ । बङ्गलादेशले घरेलु मैदानमा अस्ट्रेलियासँग पाँच खेलको टी–ट्वान्टी श्रृङ्खला खेल्न लागेको हो ।

पहिलो खेल आज बेलुका पौने ६ बजे ढाकामा सुरु हुँदैछ । बङ्गलादेशको कप्तानी महमुद उल्लाह र अस्ट्रेलियाको म्याथ्यु वेडले गर्ने भएका छन् । दोस्रो खेल बुधवार, तेस्रो खेल शुक्रवार, चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल सोमवार हुनेछ ।

सबै खेल बङ्गला नेशनल स्टेडियम ढाकामा हुनेछन् । सन् २०१७ पछि अस्ट्रेलियाले पहिलो पटक बङ्गलादेश भ्रमण गर्न लागेको हो ।