एक्सनमा सप्तरी प्रहरीः १२ घन्टा नबित्दै छिन्नमस्ताको मूर्तिसहित चोर पक्राउ

राजविराज । नेपालकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट (मस्तक) सोमबार विहान फेला परेको छ। आइतबार साँझ ७ बजेतिर चोरी भएको विहान ७ बजेतिर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रवक्त एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।

मुकुट चोरी गर्ने विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का राजेश मण्डललाई नियन्त्रण लिएको उनले बताए। उनका अनुसार पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको छ । बरामद गरिएको मुकुट सार्वजनिक गर्न प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

आइतबार साँझ मुकुट चोरी भएसँगै सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खोजी कार्य थालिएको थियो भने बोर्डर समेत सिल गरिएको थियो। राति १० बजेतिर घटनास्थलमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्य पनि पुगेको थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *