राधी जलविद्युतको ३६ % बोनस र १४७ % हकप्रद पारित

काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरेको छ ।

सभामा चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर जारी पश्चात कायम हुने पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको जेठ १६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले ३६.५० प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पूँजी को १४७.५२ प्रतिशतले हुन आउने ९५ लाख ३५ हजार ७६० कित्ता सेयर प्रतिसेयर एक सय रूपैयाँ अंकित दरमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो ।

बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ भने हकप्रद सेयरपछि १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी पुग्ने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *