देशभर थप १८७५ मा संक्रमण पुष्टी, १२८६ कोरोनामुक्त, २९ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४  पीसीआर र ५१३०  जनाको एन्टीजेन  गरी १० हजार ५०४ जनाकाे  परीक्षण गर्दा १८७५ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २८६  हजार जना संक्रमणमुक्त भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ । जसमध्ये ६ लाख १५  हजार ६१३ हजार जना निको भएका छन् भने ९ हजार ३२०  जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ४७७ जना रहेका छन् ।