देशभर थप ३४५१ ले जिते कोरोना, २२९९ नयाँ संक्रमित, ३४ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३४५१ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५ सय ९६ कोरोना परिक्षणमा २२९९ जनामा कोरोना पुष्टी भएको हो । गत २४ घन्टामा ६५६६ जनाको पीसीरआर विधिबाट परिक्षण गरिएकोमा १३९१ जनामा र एन्टीजेन विधिबाट ४०३० जनाको परिक्षण गरिएकोमा ९०८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ४५१ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् भने ९ हजार १ सय ७९ जनाको कोरोनाका कारण ज्यान गएको छ ।