देशभर थप २७६० संक्रमित, ३३ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो एक दिनमा ४ हजार १७ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन । यससँगै हालसम्म देशभर कारोनाबाट निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९ सय ८५ जनाको परिक्षणमा २ हजार ७६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

अहिले देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित छन् ।