

खुशीको खबरः नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ६ लाख नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १७ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन । यससँगै हालसम्म देशभर कारोनाबाट निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९ सय ८५ जनाको परिक्षणमा २ हजार ७६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।
अहिले देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ७ हजार १३० पीसीआर र ३ हजार ८५५ जनाको एन्टीजेन गरि जम्मा १० हजार ९८५ जनाको कोरोना परीक्षण भएको छ ।
जसमा १८ सय ५७ पीसीआर र ९०३ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ ।