बढे संक्रमितदर, उपत्यकामा ५७२ सहित देशभर थप २८९२ जना कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २८९२ संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ११५६९ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा संक्रमित संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा प्रत्येक चार जनाको परिक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

ती परिक्षण गरिएका मध्ये २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएको छ । ती मध्ये काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना पोजेटिभ देखिएका छन् ।

गत २४ घन्टामा ३५९७ जना कोरोनामुक्त भएको जनाइएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ४१ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।