राजविराजका मृतकको परिवारका सबैलाई कोरोना पोजेटिभ

राजविराज । कोरोना भाइरसबाट धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत शुक्रबार मृत्यु भएका सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको परिवारका सबै सदस्यमा संक्रमण देखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकका परिवारका पाँचै जना सदस्यको नतिजा पोजेटिभ आएको बताए।

पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा–बुहारी र दुई नाति–नातिनी छन्। उनीहरू ११ वर्ष देखि ६७ वर्ष उमेरका रहेको यादवले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *